प्रधानमन्त्रीसँग महिला तथा सामाजिक समिति कृतज्ञ

काठमाडौं । महिला तथा सामाजिक समितिको सभापति तथा सांसद निरु पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएकी छन् ।

प्रधानमन्त्री ओलीले एसिड पीडितहरुसँगको भेटवार्तामा दोषीलाई कडाभन्दा कडा कारबाही गर्न १५ दिनभित्र मस्यौदा ल्याउन निर्देशन दिएको कुराप्रति कृतज्ञ हुँदै सभापति पालले धन्यवाद दिएकी हुन् ।

प्रधानमन्त्री ओलीले समितिको माग र भावनाअनुसार निर्देशन दिएको बताउँदै सभापति पालले यो काम यथाशक्य छिटो गर्नुपर्ने बताए ।

‘प्रधानमन्त्रीले अपराधीको सम्पत्ति रोक्का उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था समेत बताउनुभएको छ । उहाँलाई धेरै धन्यवाद ।’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन् ।

हिजो १२ एसिड पीडितहरुसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले एसिड पीडितहरुको उपचार सरकारले गर्नेलगायतका आश्वासन दिएका छन् ।



प्रतिक्रिया