बंगलादेश जाने मेडिकल विद्यार्थीलाई मोरङ सिडियोले पास नदिँदा सास्ती

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारीले बंगलादेश अध्ययनका लागि जाने मेडिकल विद्यार्थीहरुलाई सवारी पास नदिएको प्रति प्रदेश १ सरकारका सांसद तथा नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्कीले गम्भिर ध्यानाकर्षण भएको भन्दै अबिलम्ब मेडिकल विद्यार्थीहरुलाई काठमाडौं जान सवारी पास उपलब्ध गराउन भनेका छन् ।

एमबिबिएस र एमडि पढिरहेका बिद्यार्थीहरुको कलेजले बोलाए पछि चार्टर प्लेन बाट बंङलादेशमा जानका लागि काठमाडौं जानू पर्नेमा सबै जिल्ला प्रशासन कार्यलयले पास दिए पनि मोरङका सिडिओले पास नदिएको कार्कीको भनाई छ ।

कार्कीले भनेका छन् ‘ बंङलादेश एमबिबिएस र एमडि पढिरहेका बिद्यार्थीहरुको कलेजले बोलाए पछि चार्टर प्लेन बाट जानका लागि काठमाडौं जानू पर्ने सबै जिल्ला प्रशासन कार्यालयले पास दिए पनि मोरङ सिडिओले नदिनु के स्वार्थ हो ।’

उनले मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुखको गतिविधिहरु आफुले सुक्ष्म रुपमा हेर्दै आएको र धेरै कुरा सुनिन आएको पनि तर्क गरेका छन् । ‘अरु धेरै कुरा सुनिदै छ, हामी सुक्ष्म रुपले हेर्दै छौं । केही कुराहरु बाहिर आएका छन । हामी नियाली रहेका छाैं सिडिओका गतिविधि ।’ कार्कीले भनेका छन् ।

कार्कीले विद्यार्थीको यहि सेप्टेम्बर १६ को चार्टर फ्लाइट रहेको र उनीहरु भिजा रिटेन्टन गर्न काठमाडौं जानुपर्ने भएपनि मोरङ सिडिओले पास नदिएको बताए । ‘मैले आफैं फोन गरेर बंगलादेश जाने विद्यार्थीलाई पास दिनुस भने, उहाँले मलाई हुन्छ भनेकामा विद्यार्थीलाई फ्लाइटको टिकट ल्याओ अनीमात्र पास दिन्छु भन्नु भएछ ।’ कार्कीले मकालु खबरसँग भने ।

चार्टर फ्लाइटको टिकट फ्लाइट हुने अघिल्लो दिनमात्र पाउने भएको र विद्यार्थीहरु समस्यामा परेका छन् । यता केही विद्यार्थीहरु दुधका गाडी, तरकारीका गाडी चढेर सास्तीले काठमाडौं आएका छन् । विद्यार्थीहरूले यहि शुक्रबारसम्म भिजा रिटेक्सन गर्नुपर्नेछ ।

झापा, सुनसरी, सप्तरी लगायतका जिल्लाले मेडिकल विद्यार्थीलाई पास दिएपनि मोरङले दिएको छैन । शिक्षा मन्त्रालयले समेत मेडिकल विद्यार्थीलाई राजधानी आउन सहजीकरण गर्न जिल्ला प्रशासनमा पत्र पठाएपनि मोरङ सिडिओले वेवास्ता गरेका छन् ।

भिटिएम र काेराेना परीक्षणमा सिडिओकाे सलग्नताकाे आशंका !

मोरङका सिडिओ कोषहरि निरौलाको बुढिगंगा गाउँपालिकाले केही उद्योगमा गरेको कोरोना पिसिआर परीक्षणमा गाउँपालिका र उद्योगसँगको मिलेमतोमा गाउँपालिका आफैंले विल बनाएर पैसा खाएको विषयमा र भिटिएम खरिदमा संलग्नता रहेको भनिएको छ ।

बुढिगंगा गाउँपालिकाको कोरोना परीक्षणमा ब्यापक अनियमितता भएको पाइएको थियो । मोरङका केही उद्योगमा रहेका मजदुरहरुको कोरोना परीक्षण गर्ने सरकारको निर्णय अगावै बुढीगंगा गाउँपालिकाले उद्योगहरुसँग रकम लिएर तीन सय बढि मजदुरहरुको पिसिआर गरेको थियो । प्रति पिसिआर ५५ सय रुपैया लिएर गाउँपालिकाले पिसिआर गराएकोमा उद्योगबाट रकम असुल गरेरपनि सरकारी राज्य कोषमा दाखिला गरेको थिएन ।

गाउँपालिकाकै संलग्नतामा पिसिआर परीक्षणमा ब्यापक भ्रष्टाचार भएको सार्वजनिक भएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रमुख जिल्ला अधिकारी निरौलालाई छानविन गर्न निर्देशन दिएका थिए । उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरीरहेको छ ।

प्रतिक्रिया