स्वास्थ्यकर्मी र प्रहरीसहित गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका १९ जना, स्याङजाका १२ जना, बाग्लुङका ९ जना, नवलपरासी पूर्वका ५ जना, तनहुँका ३ जना र पर्बतका एक जना रहेका छन् । कास्की जिल्ला, पोखरा महानगरपालिका १५ का २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स हुन् भने पोखरा महानगरपालिका ३२ का ५० वर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत रहेका छन् ।

पोखरा महानगरपालिका १९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत छन् । बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छन् भने अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेका हुन् । सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।अहिलेसम्म

प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८०६ रहेको छ भने निको हुने दर ६६.२ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २७२८ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । 

प्रतिक्रिया