महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : गगन थापा
२०८३ जेठ २६ गते

चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन् ।
आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेको जानकारी दिए ।
संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उनले पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने काम आफू र अन्य साथीले गरिरहेका छन् भने ।
पार्टी सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै, १४ औँ महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दाबी गरे । सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने बताए ।
२०८३ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








