आईएमई लाइफ इन्स्योरेन्सको CARE-NP BBB+ बाट CARE-NP A-मा स्तरोन्नति

काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो Issuer Rating मा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कनलाई CARE–NP BBB+ स्तरोन्नति गर्दै CARE–NP A– प्रदान गरेको छ ।
CARE–NP A– मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको र उत्कृष्ट संस्थाका रूपमा स्थापित भएको संकेत गर्दछ ।
कम्पनी व्यवस्थापनले उक्त स्तरोन्नति सम्पूर्ण सरोकारवालाहरूको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘Ensuring Future’ भन्ने मूल नारालाई आत्मसात् गर्दै स्थापना भएको आईएमई लाइफ इन्स्योरेन्स लिमिटेड नेपालका अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो । कम्पनीले जीवन बीमामार्फत व्यक्तिहरू तथा परिवारहरूको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्ने उद्देश्यले विविध जीवन बीमा योजनाहरू प्रदान गर्दै आएको छ ।








