किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

दाङ । पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

२६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखाबाट रु छ लाख र हेफर नामक गैरसरकारी संस्थाबाट रु १० लाख गरी जम्मा रु १६ लाख र किसानका तर्फबाट रु १६ लाख जम्मा भयमध्येबाट बोलपत्र प्रक्रिया गरी अनुदानमा कृषि उपकरण वितरण गरिएको हो ।

मिनीट्रिलर २०, रिपर पाँच, चापकटर ११ पानी तान्ने १८ वटा पम्प ५५ जना किसानलाई अनुदानमा वितरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fifteen =