‘एयर पोलुसन स्टेशन’ले राप्तीमा सहज

तुलसीपुर । राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदुषणको अवस्थाका बारेमा थाहा दिन्छ ।

वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ ।

“हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ”, उनले भने, “जसले गर्दा हामीलाई सहज भएको छ । यन्त्रले २४सै घण्टा नै वातावरणको निगरानी गर्ने गर्दछ ।”

एक करोड मूल्य बराबरको उक्त मेसिन सङ्घीय सरकारले जडान गरेको हो । जुन यन्त्र मोफसलमा राप्ती गाउँपालिकाले मात्रै जडान गरेको छ । दुई वर्ष अघि जडान गरिएको अध्यक्ष विष्टले बताए ।

दाङको राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदूषणको अवस्थाका बारेमा थाहा दिन्छ ।

त्यसले गर्दा वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ ।

“हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ, भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ”, उनले भने, “जसले गर्दा हामीलाई सहज भएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =