‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को एसोसिएट पार्टनरमा नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रमको एसोसिएट पार्टनरमा नेपाल लाइफ इन्स्योरेन्स जोडिएको छ ।

देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक नेपाल लाइफ इन्स्योरेन्सले कार्यक्रमसँग सहकार्य गर्दै युवामुखी अभियानमा साथ दिएको हो ।

जीवन बीमामार्फत नागरिकको आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसा बढाउँदै आएको नेपाल लाइफले सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरूमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ । कम्पनीले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै लाखौँ सेवाग्राहीलाई बीमा सेवा उपलब्ध गराइरहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले कार्यक्रममा सहभागी युवाहरूलाई इन्स्योरेन्स क्षेत्र, यसको महत्व तथा भविष्यका अवसरबारे विस्तृत जानकारी प्रदान गर्नेछ ।

साथै, कार्यक्रममा उपस्थित युवाहरूलाई इन्स्योरेन्स एजेन्ट बन्न आवश्यक आधारभूत ज्ञान, सीप तथा व्यावहारिक तालिम प्राप्त गर्ने अवसरको समेत जानकारी गराई केहि दिन भित्र एजेन्ट बन्न इच्छुक व्यक्तिहरुलाई तालिम पनि उपलब्ध गराउने कम्पनिले जनाएको छ ।

कम्पनीले यस कार्यक्रममार्फत युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्दै इन्स्योरेन्स क्षेत्रमा करियर निर्माण गर्न प्रेरित गर्ने उद्देश्य राखेको जनाएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदै छ । मनोरञ्जनसँगै सकारात्मक सोच, प्रेरणा र जीवनप्रति आशावादी दृष्टिकोण विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम जेठ १० गते काठमाडौंबाट सुरु भएर जेठ १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा आयोजना हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =