तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
२०८३ जेठ २६ गते

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।
सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु तीन लाख एक हजार ९०० निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ ।
सोमबार प्रतितोला रु चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९२५ निर्धारण भएको छ ।
२०८३ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








