तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान

दमौली । स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो ।

सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकालाई रु ९४ करोड ३० लाख विनियोजन गरिएको छ ।

व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १८ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ७५ करोड २० लाख र समपुरक अनुदानतर्फ रु ५० लाख बजेट पाउनेछ । भानु नगरपालिकालाई रु ५९ करोड ६८ लाख विनियोजन गरिएको छ ।

भानुले समानीकरण अनुदानतर्फ रु १३ करोड ८७ लाख, सशर्त अनुदानतर्फ रु ४४ करोड ४१ लाख, विशेष अनुदानतर्फ एक करोड र समपुरक अनुदानतर्फ रु ४० लाख पाउनेछ । भिमाद नगरपालिकालाई रु ४५ करोड ६९ लाख विनियोजन गरिएको छ ।

भिमादले समानीकरण अनुदानतर्फ रु ११ करोड १४ लाख, सशर्त अनुदानतर्फ रु ३० करोड ७३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ६७ लाख र समपुरक अनुदानतर्फ रु दुई करोड १५ लाख पाउनेछ । शुक्लागण्डकी नगरपालिकालाई रु ६३ करोड ७८ लाख विनियोजन गरिएको छ ।

शुक्लागण्डकीले समानीकरण अनुदानतर्फ रु १४ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ४६ करोड ४३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ३५ लाख पाउनेछ ।

आँबुखैरेनी गाउँपालिकालाई रु ३१ करोड ४१ लाख विनियोजन गरिएको छ । आँबुखैरेनीले समानीकरण अनुदानतर्फ रु नौ करोड ६७ लाख, सशर्त अनुदानतर्फ रु १७ करोड ३६ लाख, विशेष अनुदानतर्फ रु एक करोड ८० लाख र समपूरक अनुदानतर्फ रु दुई करोड ५८ लाख पाउनेछ । ऋषिङ गाउँपालिकालाई रु ३६ करोड ५९ लाख विनियोजन गरिएको छ ।

ऋषिङले समानीकरण अनुदानतर्फ रु १० करोड ३७ लाख, सशर्त अनुदानतर्फ रु २४ करोड ६१ लाख, विशेष अनुदानतर्फ रु ७६ लाख र समपूरक अनुदानतर्फ रु ८५ लाख पाउनेछ । घिरिङ गाउँपालिकालाई रु २८ करोड २९ लाख विनियोजन गरिएको छ ।

घिरिङले समानीकरण अनुदानतर्फ रु आठ करोड ७८ लाख, सशर्त अनुदानतर्फ रु १८ करोड ८१ लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ । देवघाट गाउँपालिकालाई रु ३३ करोड ७० लाख विनियोजन गरिएको छ ।

देवघाटले समानीकरण अनुदानतर्फ रु आठ करोड ३२ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड ८२ लाख, विशेष अनुदानतर्फ रु ८६ लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ । म्याग्दे गाउँपालिकालाई रु ३० करोड ६५ लाख विनियोजन गरिएको छ ।

म्याग्देले समानीकरण अनुदानतर्फ रु नौ करोड ९२ लाख, सशर्त अनुदानतर्फ रु १८ करोड ६३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ ।

बन्दीपुर गाउँपालिकालाई रु ३२ करोड ६८ लाख विनियोजन गरिएको छ । बन्दीपुरले समानीकरण अनुदानतर्फ रु नौ करोड छ लाख, सशर्त अनुदानतर्फ रु २० करोड सात लाख, विशेष अनुदानतर्फ रु एक करोड ५० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ७५ लाख पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =