‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौता असुलीमा पुनरावेदन आह्वान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ को बक्यौता असुलीको कामलाई फेरि अगाडि बढाएको छ ।

आज शुक्रवार एक सार्वजनिक सूचना प्रकाशित गरी प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बक्यौता सम्बन्धमा पुनरावेदन दिन आह्वान गरेको हो ।

सञ्चालक समितिको मिति २०८२/०१/२१ को निर्णयानुसार उक्त पुनरावेदन दिन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना :

‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्ङ्क लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी विद्युत महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ ज्येष्ठ मसान्तभित्र ने.वि.प्रा. विद्युत वितरण विनियमावली, २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी ऐ, विनियमावलीको विनियम ५५ को उपविनियम .१० बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको ब्यहोरा सञ्चालक समितिको मिति २०८२र०१र२१ को निर्णयानुसार सम्पूर्णमा जानकारी गराइन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *