अछामका एक पुरुषले काटे आफ्नै घाँटी

२०८२ वैशाख १६ गते

काठमाडौं । अछामका एक जनाले आफ्नै घाँटी काटेका छन् ।
जिल्लाको बान्निगढी जयगढ गाउँपालिकाका ४० वर्षीय गणेश लुहारले आफ्नै घाँटी काटेका प्रहरीले जानकारी दियो ।
लुहारले मंगलबार दिउँसो घरको आँगनमा हँसियाले आफ्नै घाँटी रेटेका थिए । आफ्नै घाँटी रेटेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
उनलाई प्रहरीले न्याय हेल्थ अस्पताल, बयलपाटामा उपचार का लागि लगेको थियो । तर,त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो ।
उनको बिच बाटोमै मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

२०८२ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित