गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ मागेको छ । अदालतको अवहेलना मुद्दामा सर्वोच्चले थापासँग लिखित जवाफ मागेको हो ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो । अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आइतबार थापाविरुद्ध यो मुद्दा दायर गरेका थिए ।

सांसद थापाले गत बिहीबार सर्वोच्च अदालतमाथि संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी ५२ मुद्दामा किनारा नलागेको विषयमा अदालतले ‘डिल’ गरेको आरोप लगाएका थिए ।

उनले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिँदै गर्दा समेत नियुक्ति प्रक्रिया टुंग्याउन नसकेको भन्दै अदालतको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए । हाल सर्वोच्च अदालतमा विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *