आफैँ मेडिकल पुगेका युवकको सुई लगाएको केही क्षणमै मृत्यु

काठमाडौं ।  कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-८ आमफाँटाका ३५ वर्षीय निरज बहादुर शाहीको उपचारका क्रममा सुई लगाइएपछि मृत्यु भएको छ ।

स्थानीय दहित मेडिकलमा सोमबार बिहान उपचारका लागि पुगेका शाहीले शरीर र छाती दुख्ने गुनासो गरेका थि ए। उनी आफैं मोटरसाइकल चलाई मेडिकल पुगेका थिए । प्रारम्भिक जाँचपछि ल्याब असिस्टेन्ट महावीर चौधरी (टीकापुर नगरपालिका-५) ले उनलाई सुई लगाएका थिए ।

तर सुई लगाएपछि केही क्षणमै शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीले जानकारी दिए । दुर्घटनापछि सुई लगाउने चौधरी फरार भएका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यता, काठमाडौँमा रहेका मेडिकल सञ्चालक इन्द्र चौधरी दहित पनि घटनापछि घर फर्किएका छन् ।

मृतक शाहीको शव हाल सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *