वर्तमान सरकारले एउटै नराम्रो काम गरेको छैन : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै नराम्रो काम नगर्दा पनि बद्नाम गर्ने काम भइरहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न र नेकपा एमालेको बद्नाम गर्ने काम भइरहेको बताएका हुन् ।
उनले एमाले, एमालेको नेतृत्व, विचार र राम्रा कामहरुको बिरोध भइरहेको बताए । उनले सरकारले अहिले के नराम्रो काम गरेको छ र यत्रो बिरोध गरेको ? भन्दै प्रश्न गरे । उनले बर्बाद पारेको अर्थतन्त्र र लोकतन्त्रलाई ठिक दिशामा लैजाने काम अहिलेको सरकारले गरिरहेको बताए ।
उनले देशका लागि काम गर्दा देश नै बर्बाद बनाएझैँ बिरोध भइरहेको बताए । देश विकास, सुशासनको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीको दाबी छ ।
अहिलेको सरकारले गरेका कामहरु आफू नेतृत्वमा हुँदा गर्न नसकेपनि छिर्के लगाएर बद्नाम गराउने काममा लागेको बताए । नेपालमा राजनीतिका झेली खेलाडीहरु रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो आन्दोलनलाई पनि समाप्त पार्नका लागि पार्टीको बद्नाम गर्ने, लिडरसिपको बद्नाम गर्ने, विचारको बद्नाम गर्ने, हाम्रा कामहरुको कसरी आलोचना गर्न सकिन्छ, त्यो गर्ने । अहिले सरकारले के गरेको छ र ? सरकारले केही त गरेको छैन । कुनै नराम्रो काम एउटै गरेको छैन । तर यत्रो बिरोध, मानिलिऔँ अहिलेको सरकारले देश नै बर्बाद गर्नलाग्यो की जस्तो । बर्बाद पारेको, अर्थतन्त्र बर्बाद पारेको, लोकतन्त्र त्यसलाई ठिक ट्रयाकमा फर्काउँदैछौँ । तर बिरोध यसरी भएको छ । मानौँ हामीले ठूलो जघन्य अपराध देशका बिरुद्ध ग¥यौँ । विकास होइन त्यसको विपरित चलेका छौँ जस्तो । हामी विकासको बाटोमा अगाडि चलेका छौँ । सुशासनको बाटोलाई अगाडि बढाएका छौँ । बिरोध यसरी भइरहेको छ की मानौँ हामी देश बर्बाद गरिरहेका छौँ । यसै गरी हाम्रा बिरोधीहरुसँग सही काममा दौडिएर हामीलाई पराजित गर्ने र हामी भन्दा अगाडि पुग्ने सामथ्र्य उनीहरुसँग छैन । छिर्के लगाउने, बद्नाम गर्ने, लडाउने, तान्ने धकेल्ने त्यसरी झेली खेलाडीहरु अहिले हामी नेपालमा त्यस्तै भोगिरहेका छौँ ।’
प्रधानमन्त्री ओलीले छिर्के लगाउने, बद्नाम गर्ने, लडाउने, तान्ने, धकेल्ने खेलाडीहरु आफ्नो पछाडि लागिरहेको बताए ।
