शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटामा सहमति भइसक्यो : सांसद विश्वकर्मा

काठमाडौं । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटा दफाहरुमा सहमति भइसकेको बताएका छन् ।

आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले १६३ वटा दफामध्ये १२७ वटा दफाहरुको टुंगो लागिसकेको र बाँकी दफाहरु छिटै टुंग्याउने उल्लेख गरे ।

उनले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्नेगरी काम भइरहेको र शिक्षा, सञ्चार तथा सूचना प्रविधि समितिले दिएको ३५ दिनको समय सीमाभित्र रहेर नै उपसमितिले काम सक्ने दाबी गरे । उनले त्यसका लागि विद्यालय शिक्षा विधेयकमा गम्भीर ढंगले समीक्षा गरिएको बताए ।

उनले तत्काल सम्बोधन गर्नसक्ने कुरामा सरकारलाई तयार बनाउन र आन्दोलन रोकेर वार्तामा आउन शिक्षकहरुसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *