उत्तर भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु

एजेन्सी । उत्तर भारतमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

करिव सात जना घाइते भएका छन् । जसमध्ये केही गम्भीर घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

देशको उत्तरी राज्य हरियाणामा द्रुतमार्गमा सरसफाई कर्मचारीहरूको समूहलाई तिब्र गतिमा गुडिरहेको ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

अर्को दुर्घटनामा, उत्तरी राज्य उत्तर प्रदेशको गोरखपुर जिल्लामा घर बाहिर बसिरहेको बेला तिब्र गतिमा गुडिरहेको कारले उनीहरूलाई ठक्कर दिँदा एक आमा र एक छोरीको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *