सकियो सिन्दुर जात्रा (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष मनाइने सिन्दुर जात्रा समापन भएको छ ।

वैशाख कृष्ण चतुर्दशीदेखि मनाइने श्रीकान्तिभैरव जात्राको सिन्दुर जात्रा आज आइतबारदेखि सकिएको हो ।

वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्न भगवान् भैरव आमाको घर आउने यो जात्रा राजा मानदेवको पाला देखी मनाउन सुरु गरिएको विश्वास गरिन्छ ।

औँसीको बिहान सबेरै भैरवको खटलाई बोकेर आमाको मन्दिर अर्थात् कान्तिभैरवीमा ल्याएसँगै सुरु हुने यो जात्रा अक्षय तृतीयको दिन सकिन्छ ।

आमा मन्दिरबाट भैरव फर्काउने बेला छोरालाई बिदाइ गर्न सिन्दुर जात्रा गरिएको जनविश्वास रहिआएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *