तमोर नदीमा बगेर ५६ वर्षीय तामाङ बेपत्ता

२०८२ वैशाख १३ गते

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् ।
नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदिले बगाएको भन्ने प्रहरीलाई जानकारी गराए ।
उक्त सूचना पाएपछि प्रहरी चौकी फुलबारी, हाङपाङ र निगुरादिनबाट खोजतलासका लागि टोली खटाइएको छ ।

२०८२ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित