धरहरा परिसरमा गोरखा भूकम्पको १० औं स्मृति सभा (तस्बिरहरु)

२०८२ वैशाख १२ गते

काठमाडौं । आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो ।
त्यसकै सम्झनामा आज काठमाडौं उपत्यकासहित देशभर नै स्मरण गरिँदै छ । साथै विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौंको धरहरा परिसरमा पनि गृहमन्त्रालयले भूकम्पको स्मृति दिवस मनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा स्मृति दिवस मनाइएको हो ।
२०७२ सालको वैशाख १२ गते नेपालमा गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो ।

२०८२ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित