भृकुटीमण्डपमा एमालेको युथ सेलिब्रेशन (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेले काठमाडौँको भृकुटीमण्डपमा युथ सेलिब्रेशन आयोजना गरेको छ ।

लोकतन्त्र दिवसका अवसरमा एमालेले युथ सेलिब्रेशनको आयोजना गरेको हो । युथ सेलिब्रेशनका लागि एमालेका युवाहरु भृकुटीमण्डप आउन थालेका छन् ।

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाइरहेको हो ।

स्वदेशमा रोजगारी र समृद्धिका लागि युुवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौँमा भेला भएका छन् । एमालेनिकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनीका करिब एक लाख युवा सहभागी हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *