माइतीघरमा चिकित्सक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरु)

काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू पनि सडक आन्दोलनमा उत्रिएका छन् ।

सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सककै सेतो पोसाकमा उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा चिकित्सक र प्रहरीबिच धकेलाधकेल पनि भएको छ ।

आन्दोलनरत चिकित्सकका अगुवाहरूले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *