कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा सार्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई भेटेर केहीदिनका लागि परीक्षा सार्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनअनुसार बोर्डले पनि परीक्षा स्थगित गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि १२ कक्षाको परीक्षा स्थगित भएको जानकारी दियो ।

यसअघि आज बिहान मात्रै राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *