पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा निकायहरूले सञ्चालन गरेको दुई छुट्टाछुट्टै गुप्त सूचना–आधारित सैनिक कारबाहीमा ६ जना आतंककारी मारिएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार विभाग (आईएसपिआरमा ) द्वारा सोमबार जारी गरिएको वक्तव्य अनुसार, उत्तर वजीरिस्तानको आदिवासी क्षेत्रमा पाँच जना आतंककारी मारिएका हुन् । उनीहरूको उपस्थितिको सूचनाका आधारमा कारबाही थालिएको थियो ।

त्यस्तै, छिमेकी दक्षिण वजीरिस्तान जिल्लामा भएको अर्को कारबाहीमा एक जना उच्च–प्रोफाइल आतंककारी कमान्डरलाई सुरक्षा बलहरूले मारेका छन् ।

वक्तव्यमा उल्लेख गरिएअनुसार, उक्त आतंककारी सुरक्षा निकाय र सर्वसाधारणमाथि भएका थुप्रै आक्रमणमा संलग्न थिए र कानून कार्यान्वयन निकायहरूको खोज सूचीमा रहेका थिए ।

कारबाहीपछाडि, क्षेत्रमा अझै बाँकी रहेका सम्भावित खतराहरू हटाउन ’सैनिटाइजेसन अपरेसन’ जारी रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *