रवि लामिछानेलाई भेट्न रुपन्देही कारागार पुगे रास्वपाका नेता

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न रास्वपाका नेताहरू रुपन्देही कारागारमा पुगेका छन् ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले रुपन्देही कारागार पुगेर सभापति लामिछानेलाई भेटेका हुन् ।

वाग्लेसहित मनिष झा, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, अनिलकेशरी शाह लगायतका नेताहरूले लामिछानेलाई भेटेका हुन् ।

उनीहरूले सभापति लामिछानेलाई भेटेर पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *