उच्च स्तरीय सुशासन आयोग गठन गर्ने मन्त्रीपरिषद्को निर्णय

२०८२ वैशाख ८ गते

काठमाडौं । सरकारले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।
आयोगको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।
आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता रहने छन् ।
यस्तै कानुनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग, योजना आयोगका प्रतिनिधि र एक जना निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने छन् ।

२०८२ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित