दुर्गा प्रसाईँका दुई वटा अस्पतालको बैंक खाता फुकुवा गर्न आदेश

काठमाडौँ । प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईँका दुई वटा अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न आदेश जारी भएको छ ।

सर्वोच्च अदालतले प्रसाईँ सञ्चालक रहेका वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पुर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको हो ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा दुई जनाको हत्या गर्न उक्साएर प्रसाईँ फरार भएका थिए । राजावादी आन्दोलनका जनकमान्डर समेत रहेका प्रसाईँ घटनापछि भागेर भारत पुगेका थिए ।

उनी फरार भएपछि प्रसाईँको व्यक्तिगत खातासहित उनी सञ्चालक रहेको अस्पतालको खाता रोक्का गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *