शिक्षामन्त्रीको कार्यसम्पादन नै कमजोर थियो : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शिक्षामन्त्री विद्या भट्टराईले आफ्नै कमजोरीले राजीनामा दिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले आफ्नै कमजोरीले राजीनामा दिएको टिप्पणी गरेका हुन् ।
शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर राजीनामा बुझाएकी थिइन् ।
त्यस लगत्तै सामाजिक नेता बस्नेतले शिक्षकका माग सम्बोधन गर्न नसकेपछि शिक्षामन्त्रीले राजीनामा दिएको दाबी गरे । ‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ । आन्दोलन नटुङ्गिनु शिक्षक महासंघ सँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो’ उनले लेखेका छन् ।
नेता बस्नेतले मन्त्री भएको बेलादेखि नै मन्त्रीको कार्यसम्पादनमा कुरा उठेको दाबी गरेका छन् । ‘मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेकै थियो’ उनले भने ।
