निर्देशक बस्नेतले चलचित्र ‘कार्की साइँला’ बनाउँदै

काठमाडौं । नेपाली चलचित्र ‘कार्की साइँला’ बन्ने भएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र मुहूर्त गर्दै निर्देशक राजेन्द्र बस्नेतले आगामी वैशाख २० गतेदेखि छायाङ्कन सुरु हुने जानकारी दिए ।

उनले भने, ‘ग्रामीण जीवनमा रहेका एक परिवारको कथालाई चलचित्रमा समेट्ने छौँ । यो एउटा भरियाको कथा हो, भूइँ मान्छेले गर्ने सङ्घर्ष र उसको अपेक्षालाई चलचित्रमा प्रस्तुत गर्नेछौँ ।’ चलचित्रमा जीतु नेपाल, वर्षा सिवाकोटी, गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङलगायात कलाकारले अभिनय गर्दै छन् ।

अभिनेता नेपालले आफ्नो लागि फरक र चुनौतीपूर्ण भूमिका यस चलचित्रमा रहेको बताए । ‘पछिल्लो समय दर्शकले रुचाइरहनु भएको विषय प्रधान चलचित्र बन्ने छ । यसमा मैले गरिरहेको भूमिका भन्दा फरक रूपमा आफूलाई प्रस्तुत गर्दै छु’, अभिनेता नेपालले भने ।

कर्णबहादुर फिल्मस् प्रालिले निर्माण गर्ने चलचित्रमा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता र बालकुमार राई निर्माता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *