गभर्नर नियुक्तिको संशोधित मापदण्डविरुद्धको रिट आज पनि हेर्न नभ्याइने

२०८२ वैशाख ८ गते

काठमाडौँ । गभर्नर नियुक्तिको संशोधित मापदण्डविरुद्ध दायर रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।
सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।
गभर्नर बन्न उमेर हद संशोधन गरी हटाएको र गुणाकर भट्टको योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दर्ता गरेका थिए ।
आइतबार पनि उक्त रिट पेसीमा चढेको थियो । न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो । तर उक्त रिट अन्तिम तिर परेपछि हेर्न नभ्याइनेमा राखिएको थियो ।

२०८२ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित