रवि लामिछानेको मुद्दा न्यायाधीश फुयालको इजलासमा

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले दर्ता गरेको रिट निवेदन न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।

सभापति लामिछानेले हिजो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए । लामिछानेको रिटको सुनुवाइ दोस्रो नम्बरमा राखिएको छ ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा लामिछानेलाई रिहा गर्न माग गर्दै आइतबार लामिछानेको तर्फबाट निकिता पौडेलले रिट निवेदन दर्ता गरेकी थिइन् ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

यसअघि रविले आफूलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *