रेनुलाई हर्कको चुनौती- जनतालाई देश निर्माणमा कसरी जोड्ने भन्ने कुरा सिक्न म कहाँ आउनू

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालप्रति कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत साम्पाङले दाहालको सुझावलाई व्यंग्यात्मक शैलीमा खण्डन गरेका हुन् ।

दाहालले उनलाई ‘ठूला योजना गर्नुपर्छ” भनेर सुझाव दिएको भन्दै साम्पाङले जवाफ दिँदै लेखेका छन्, ‘रेनु दाहालले मलाई ठूला योजना गर्नु पर्थ्यो भनेर भनेछिन् । रेनुजी, तपाईँका बुबा प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन भनेको पैसामध्ये २० लाख मात्रै छुट्याइएको हो, अब म के गरुँ ?’

साम्पाङले नेकपा माओवादी केन्द्रप्रति पनि आलोचनात्मक धारणा राख्दै उक्त पार्टी अब सामन्त, दलाल र पुँजीपतिहरूको पार्टीमा परिणत भएको आरोप लगाएका छन् । उनले थप लेखेका छन्, ‘पैसा नभए पनि विकास सम्भव छ । जनताको शक्ति प्रयोग गर्ने तरिका ढुंगा हान्न वा संरचना भत्काउन होइन, देश बनाउनेतिर केन्द्रित हुनुपर्छ । भिजन के हो भन्ने कुरा जान्न चाहनुहुन्छ भने म सिखाउन तयार छु ।’

  • मेयर साम्पाङ लेख्छन् :-

‘‘रेनु दहालले मलाई ठुला योजना गर्नु पर्थौ भनेर भनेछ ! रेनुजी तपाइँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रैछ छ त ! एयरपोर्ट मागेको तपाइँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाइँकै बाऊ प्रधानमन्त्री थिए, बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक्छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु ! बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथिछ ! पैसा २०% पनि खर्च गर्न सक्दैन त्यो महानगरले ! बिना पैसा पनि बिकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु ! विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन ! स्वदेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन ! बिचरा तपाइँलाई के थाहा श्रम र श्रमिकलाई अपमान गर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने ! बिचरा…”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *