दुई जना सवार मोटरसाइकल त्रिशूलीमा खस्यो, एक जनाको उद्धार, अर्का बेपत्ता

काठमाडौं । दुई जना सवार मोटरसाइकल त्रिशूली नदीमा खसेको छ ।

धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–७ स्थित त्रिशूली नदीमा मोटरसाइकल खसेको हो ।

नदीमा खसेका मध्ये एक जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । अर्का व्यक्तिको खोजी भइरहेको छ ।

खोजतलासको क्रममा बा. प्र. ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक व्यक्तिको उद्धार भएको हो ।

उनको साथबाट मीनबहादुर तामाङ लेखिएको यातायातसँग सम्बन्धित नगदी रसिद फेला परेको छ । घाइतेलाई गजुरी अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *