प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान

२०८२ वैशाख ७ गते

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनामा साधारण सेवातर्फमा सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार÷सुबेदारहरूलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच उनिहरूलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।
सोहीअनुसार बढुवा भएका प्रमुख सुबेदार÷सुबेदार गरी ३४ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसङ्घीय मिसन (शान्ति सेना) मा खटिएका पाँचबाहेक २९ जनालाई दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।

२०८२ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित