धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त

२०८२ वैशाख ७ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
पाकिस्तानका लागि नेपालका आवासीय राजदूत समेत रहेकी धिताललाई राष्ट्रपति पौडेलले गणतन्त्र तुर्कियका लागि पनि गैर आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आज उनलाई त्यहाँका लागि नेपालको गैर आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२०८२ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित