सामुदायिक वनको रूख काटेको आरोपमा हर्क साम्पाङविरूद्व जाहेरी

२०८२ वैशाख ६ गते

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङविरूद्व जाहेरी परेको छ ।
सामुदायिक वनको रूख काटेको आरोपमा साम्पाङविरूद्व जाहेरी परेको हो ।
फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान २० बिष्णुपादुकास्थित सामुदायिक वनको जङ्गलमा रूख काटेका थिए ।
चैत्र १९ गते मेसिन प्रयोग गरेर आफैले अनुमति नै नलिईकन रूख काटेपछि डिभिजन वन कार्यालय सुनसरीमा जाहेरी परेको थियो ।
डिभिजन वन कार्यालय सुनसरीले सो विषयमा छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिका संयोजक बिष्णुपादुका सव डिभिजन वन अधिकृत महेश कुमार शाह हुन् ।
यस्तै, डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँका अनुसार पञ्चकन्या सब डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फूलकुमारी भोटे पनि छानबिन समितिका सदस्य हुन् ।

२०८२ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित