टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ

२०८२ वैशाख ५ गते

एजेन्सी । टर्कीका गृहमन्त्री अली येर्लिकायाले टर्की प्रहरीले देशभर एक ठूलो आतंकवाद विरोधी अभियानमा इस्लामिक स्टेट (आईएस) सँग संलग्न भएको आरोपमा ८९ जना संदिग्धहरूलाई पक्राउ गरेको बताएका छन् ।
यी अपरेशनहरू अन्टाल्या, गाजियान्टेप, हाते, इस्तानबुल र भान सहित १७ प्रान्तहरूमा सञ्चालन गरिएको थियो । टर्की सरकारले २०१३ मा आईएसलाई आतंकवादी संगठनको रूपमा तोकेको थियो ।
देशभर यसका सदस्यहरू विरुद्ध नियमित रूपमा आतंकवाद विरोधी अपरेशनहरू सञ्चालन गर्दै आएको छ ।

२०८२ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित