इजरायली सेनाद्वारा २ प्यालेस्टिनीको हत्या

२०८२ वैशाख ४ गते

एजेन्सी । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधवार उत्तरी पश्चिम किनारको कबातिया शहरमा इजरायली सेनाद्वारा दुई प्यालेस्टिनी पुरुषको गोली हानी हत्या गरिएको जनाएको छ ।
रामल्लाहस्थित मन्त्रालयले मारिएका पीडितहरूको पहिचान २३ वर्षीय मुहम्मद ओमर मुहम्मद जकार्नेह र १९ वर्षीय यासेर रतेब खुजैमियाको रूपमा गरेको छ ।
प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाकाअनुसार इजरायली सेनाले बुधवार बिहान खानी क्षेत्रमा रहेको गुफालाई घेरेर आक्रमण गरेको थियो ।
विज्ञप्तिअनुसार मुठभेडमा दुई लडाकू मारिएका थिए । उनीहरूको शरीरबाट हतियार बरामद गरिएको थियो ।

२०८२ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित