आइएमएफले घानालाई ३७ करोड अमेरिकी डलर ऋण दिने

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र घाना सरकारले घानाको आर्थिक सुधारको चौथो समीक्षामा सहमति भएको घोषणा गरेको छ ।

जसले अफ्रिकी देशलाई ३७ करोड अमेरिकी डलर ऋण उपलब्ध गराउनेछ ।

आइएमएफ कर्मचारी टोलीका नेता स्टेफेन राउडेटले ३६ महिनाको विस्तारित क्रेडिट सुविधा (इसिएफ) कार्यक्रम अन्तर्गत घानाको बाह्य क्षेत्रमा प्रदर्शन र आर्थिक वृद्धिप्रति सन्तुष्टि व्यक्त गरे ।

घानाको आर्थिक कार्यक्रमको चौथो समीक्षामा कर्मचारी–स्तरीय सम्झौतामा सफलतापूर्वक पुगेको उनको भनाइ छ ।

घानाको बैंकद्वारा अन्तर्राष्ट्रिय सञ्चितिको द्रुत सञ्चयसँगै वाह्य स्थितिमा सुधार हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *