दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान

२०८२ वैशाख २ गते

फाइल फोटो
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु भएको छ ।
काठमाडौंको तीनकुनेमा ज्यान मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा प्रसाईँमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान थालिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा पनि अनुसन्धान अघि बढाएको हो ।
प्रसाईंले चैत १५ गते भएको आन्दोलन भड्काउन आफैले गाडी हुइँक्याएर प्रहरीमाथि नै चलाउन खोजेका थिए । प्रसाईँविरुद्ध चैत १५ गते फिल्डमा खटिएका प्रहरी अधिकारीहरूले सामूहिक निवेदन दिएका छन् ।

२०८२ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित