माओवादी जनयुद्धमा आधारित टेलिश्रृंखला राधाकृष्ण शुक्रवारदेखि प्रशारण हुने

काठमाडौं । नेपाली टेलिश्रृंखला राधाकृष्ण शुक्रवारदेखि प्रशारणमा आउने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सो जानकारी गराइएको छ । टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ले हरेक हप्ताको शुक्रवार साँझ ७ बजे बल्छी धुर्वे युट्युवमा टेलिश्रृंखला प्रशारण हुने जानकारी दिए ।

कलाकार श्रेष्ठले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धताकाका घटनाहरुलाई देखाइने बताए । उनले जनयुद्धकै कारणले स्वतन्त्र रुपमा बोल्ने अधिकार पाएको भन्दै समाजमा परिवर्तन ल्याएको पनि जनयुद्धले नै भएको बताए । उनले बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नराख्न समेत आग्रह गरे ।

उनले भने, ‘राधाकृष्णले हामीले १० वर्षसम्म भोगेको जनयुद्ध । हामी यसरी बोल्न पाएको जनयुद्धकै कारणले हो जस्तो मलाई लाग्छ । समाजमा ठूलो परिवर्तन गरेको छ । त्यो अवस्थामा के भएको थियो । कस्ता घटना भएका थिए । समाजलाई कहाँसम्म लगेको थियो भन्नेबारेमा हुन्छ । एउटा कुरा के नभुलौँ भने बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नफैलाऔँ । हरेक शुक्रवार साँझ ७ बजे आउनेछ ।’

टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धका घटनालाई देखाइने उनले बताए ।

प्रतिक्रिया

One thought on “माओवादी जनयुद्धमा आधारित टेलिश्रृंखला राधाकृष्ण शुक्रवारदेखि प्रशारण हुने

  1. निस्सैपनि यो टेलीश्रृङखला हेरेर परिवर्तन पछ्यधरलाइ राम्रो प्रभाव पर्ला

Leave a Reply

Your email address will not be published. Required fields are marked *