दुई वर्षपछि ओलीले मलाई प्रधानमन्त्री छोड्नुहुन्छ : देउवा (भिडिओ)
मकालु खबर
२०८१ भदौ २७ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई वर्षपछि आफू प्रधानमन्त्री बन्ने बताएका छन् ।
कठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले दुई वर्षपछि आफूलाई प्रधानमन्त्री छोड्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीसँग सोही अनुसारको लिखित सहमति भएको बताउँदै ओलीले उक्त सहमति कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।
‘अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ, दुई वर्षपछि उहाँले मलाई प्रधानमन्त्री छोड्नुहुन्छ, उनले भने,‘मलाई विश्वास छ, उहाँसँग सोही अनुसारको लिखित सहमति भएको छ ।’
मकालु खबर
२०८१ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित