सिमलताल पहिरोमा बेपत्ता १७ जनाको शव फेला, ९ को सनाखत (विवरणसहित)

२०८१ साउन १ गते

काठमाडौँ । पाँच दिनअघि पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका १७ जना यात्रुको शव फेला परेको छ। दुई वटा बसमा रहेका ६२ जना बेपत्ता भए पनि पाँचदिनसम्म खोज्दा सुरक्षाकर्मीले १७ जनाको मात्रै शव फेला पारेका हुन्।
ती सबै शव दुर्घटनास्थलभन्दा निक्कै तल नदी किनारमा भेटिएका हुन्। फेला परेका मध्ये ९ जनाको शवको सनाखत भएको सशस्त्र प्रहरीका सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
६ पुरुष र २ महिलाको शवको भने सनाखत हुन बाँकी रहेको डीएसपी थापाले मकालुखबरलाई जानकारी दिए। फेला परेका शव दुबै बसका छन्।
आजदेखि सशस्त्र प्रहरीले ३ सय १ जना सुरक्षा फौज खोजिकार्यका लागि परिचालन गरेको छ।
विवरण

२०८१ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित