देशलाई निकास दिनुको विकल्प छैन : दीपकबहादुर सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनु बाहेकको विकल्प नभएको बताएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशलाई निकास दिन ठूला राजनीतिक दलहरुले सोच्ने बेला आइसकेको र संविधान संशोधनका लागि दुई ठूला राजनीतिक दलहरु मिल्नु राम्रो भएको बताए ।

‘जुन अवस्था देशको छ, त्यसलाई निकास दिने बाहेक अर्को विकल्प छैन,’उनले भने,‘त्यसको लागि ठूला पार्टीहरुले सोच्ने बेला आइसकेको छ ।’

उनले भ्रष्टाचार गर्ने कुनेपनि नेताहरुलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे ।

सांसद सिंहले मन्त्री खानका लागि राप्रपा मरिहत्ते नगर्ने बताए ।

‘जसको जसको फाइल बनेको छ, जसले भ्रष्टाचार गरेका छन्, म रविजीलाई भन्न चाहन्छु, अझै गृहमन्त्री हुनुहुन्छ, तत्काल कारबाही गर्नुस् न नेपाली जनताले यो चाहेका छन्,’उनले भने,‘अहिलेसम्म खालि एउटाले अर्कोलाई आरोप लगाउने बाहेक कुनै काम भएको छैन । गलत काम कोही ठूला नेताले गर्छ भने कारबाही गर्नुस् । निर्दोषलाई फसाउन पाइँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *