सरकारलाई पहिरो पन्छाए जसरी पन्छ्याउनु पर्‍यो : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

संसद्को शून्य समयमा बोल्दै सांसद खतिवडाले संसदमा बाटो अवरुद्ध भएको जस्तो महसुस भएको बताए ।

उनले देशभर पहिरो र बाढीले सडक अवरुद्ध भएको बताउँदै संसदमा पनि प्रचण्डले बाटो अवरुद्ध गरेको टिप्पणी गरे ।

‘देशभर बाढी पहिरोले बाटो अवरुद्ध छ, त्यहाँ पहिरो पन्छ्याउने काम भइरहेको छ,’ खतिवडाले भने, ‘यहाँ सरकारमा पनि बाटो अवरुद्ध भएको महसुस भएको छ । पहिरो पन्छ्याए जसरी यो सरकारलाई पनि पन्छ्याउनु पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *