नयाँ सरकार बनाउन तम्तयार कांग्रेस र एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न नयाँ सत्ता समीकरणको यात्रामा रहेका नेकपा एमाले र नेपाली कांग्रेस दुवैको संसदीय दलको बैठक बस्दैछ ।

नेकपा एमाले संसदीय दलको बैठक आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बोलाइएको हो । बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्ने गरी कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेपछि पहिलो पटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । राजीनामा नदिने अडान लिएका प्रधानमन्त्री प्रचण्डले संसद् ‘फेस’ गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *