उपनिर्वाचन : कांग्रेसबाट इलाममा खड्का र बझाङमा सिंह सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसले पनि उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएको छ ।

बिहिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्का र सिंहलाई सिफारिस गरेको हो ।

खड्का यसअघिको प्रतिनिधिसभा निर्वाचनमा स्वर्गिय सुवास नेम्वाङसँग पराजीत भएका थिए । उनी नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनि इलाम कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

त्यस्तै बझाङमा उम्मेदवार बन्ने भएका सिंह नेपाली कांग्रेसका स्वर्गिय सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सिफारिस भएकामध्ये सिंहलाई उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाले जोडबल गरेपछि उनी चयन भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *