‘गृहमन्त्रालयमा पिएसोको आतंक, संसदको मर्यादा हनन्’
काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रालय पिएसोको आतंक बनेको बताएका छन् ।
उनले पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पीएसोहरु जतिसुकै नम्बरमा भएपनि प्रमोसन भइहाल्नुपर्ने अवस्था आएको बताए ।
‘गृहमन्त्रालय पिएसोको आतंक बनेको छ । पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पीएसोहरु जतिसुकै नम्बरमा भए पनि प्रमोसन भइहाल्नु पर्ने भएको छ’उनले भने‘दक्षता,क्षमता योग्यताको बदर नहुने परिपार्टी विकास भयो ।
उनले दक्षता,क्षमता योग्यताको बदर नहुने परिपार्टी विकास भएको दाबी गरे ।
उनले मन्त्रीहरु प्रशिक्षण लिईरहेको अवस्था प्रतिक्षार्थी मन्त्रीले प्रतिक्षार्थी नै कर्मचारी नियुक्त गर्ने परिपार्टी मुलुक बन्न नसक्ने दाबी गरे ।
‘मन्त्रीहरु प्रशिक्षण लिईरहेका छन्’ उनले भने प्रतिक्षार्थी मन्त्री प्रतिक्षार्थी नै कर्मचारी नियुक्त गर्ने परिपार्टी भयो भने देश कहाँ जाला ?’
उनले सरकारले संसदको मानमर्यादा हनन् गरेको बताए ।
‘संसदमा मानमर्यादा हनन् भएको छ । संसदमाथि चिठ्ठी लेख्ने काम प्रहरी प्रशासनले गरेको छ’उनले भने संविधानविपरित अनुसन्धानमा छ भनेर संसदमाथि चिठी लेख्ने परम्परा अहिलेदेखि शुरु भयो । किन गरिन्छ ।’