आयरल्यान्ड वल्भ्स १५७ रनमा अलआउट, ऐरीको ह्याट्रिक
मकालु खबर
२०८० चैत २१ गते
काठमाडौं । नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सलाई १५७ रनमा अलआउट गरेको छ ।
एकदिवसीय सिरिजको पहिलो खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले ३८.३ ओभरमै अलआउट गरेको हो ।
नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएपछि नेपालले आयरल्यान्ड वल्भ्सलाई अलआउट गर्न सफल भएको हो ।
कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट लिए । ऐरीले सर्वाधिक ४ विकेट लिए । ६.३ ओभर बलिङ गरेका उनले १ मेडनसहित २१ रन खर्चिए ।
आयरल्याण्डका लागि केड कार्माइकलले सर्वाधिक ५१ रन जोडे । ७७ बल खेलेका उनले ४ चौका प्रहार गरे ।
कप्तान निल रक ३९,पिटर मूर २१, जेम्स म्याकमुलम १२ र स्टेफिन डोहेनी १२ रनमा आएट हुँदा आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
कमल सिंह ऐरीले ४, साहब आलम र श्याम ढकालले २/२ विकेट लिँदा रिजन ढकालले १ विकेट लिए ।
मकालु खबर
२०८० चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित