नेपालविरुद्ध गुजरात ९८ रनमै अलआउट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमविरूद्धको पहिलो टी–२० खेलमा गुजरात ९८ रनमा अलआउट भएको छ ।

साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा अलआउट भयो ।

गुजरातका लागि ओपनर रुद्र पटेलले २२ बलमा २३ रन जोडे । यस्तै हेमंग पटेलले २३ बल खेलेर २० रन जोडे ।

अभिषेक देसाइले ११ र स्मीत पटेलले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि गुलशन झाले ४ ओभरमा ४ विकेट लिँदै २२ रन खर्चिए । करन केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।

सोमपाल कामीले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले विकेट लिन सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *